कला


सिन्धु राणाको ‘मायाको’ गीत प्रधानसेनापति थापाद्वारा सार्वजनिक

सिन्धु राणाको ‘मायाको’ गीत प्रधानसेनापति थापाद्वारा सार्वजनिक

नेपालखबर
पुस २८, २०७६ सोमबार १०:४४,

गीतकार सिन्धु राणाको १३ औं एल्बम ‘मायाको’ सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबरा, वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले एल्बम सार्वजनिक गरे।

एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जुनीलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका गीत छन्। गीत ‘मायाको’ र ‘न्यानो घाम’मा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबराको शब्द छ।

गीतमा रामकृष्ण ढकाल, विश्व नेपाली, सपनाश्री, मिलन अमात्य, आनन्द कार्की, संगीता राना प्रधान, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको स्वर छ।

गीतमा नरेन्द्र प्यासी, आशिष अविरल, हरि लम्साल, राजनराज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ र सचिन सिंहको संगीत छ। एल्बममा रहेको ‘मायाको’ र ‘मेरी जुन’ बोलको गीतको भिडियो निर्माण भइसकेको छ। एल्बममा म्यूजिक नेपालले उत्पादन र बजारीकरण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad