अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन्। ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने उनले बताएकी छन्।
पुस्तकालयमा अहिलेसम्म आफ्नो घरमा संकलित पुस्तक राख्ने जानकारी दिँदै उनले थप पुस्तकका लागि सहयोगको अपिल गरेकी छन्।
‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौँ कि’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘केही किताब छन् घरमा जुन विनोदजी (श्रीमान्) र मैले पढ्ने क्रममा बटुलेका थियौँ, हजुरहरूसँग केही राम्रा किताबहरू छन् भने उपहारस्वरूप दिनुहोस्।’
129
Shares

प्रतिक्रिया