कला


‘जय हो’को प्रदर्शन भदौ ८ देखि, राजधानीमा गरियो प्रिमियर शो

‘जय हो’को प्रदर्शन भदौ ८ देखि, राजधानीमा गरियो प्रिमियर शो

नेपालखबर
भदौ ७, २०८० बिहिबार १३:७, काठमाडौँ

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ। न्युरोडको रंजना हलमा भएको प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिती थियो।

प्रिमियरमा फिल्म हेरेर निस्किएका सबैले फिल्म राम्रो बनेको प्रतिकृया दिएका छन्। फिल्म हेर्न चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, निर्मात्री पुनम गौतम, अभिनेत्री पुजा शर्मा, सुनिशा बजगाई लगायतका कलाकारको उपस्थिती थियो।

प्रिमियरमा फिल्मको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया दिएका छन्।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे। सलोनले कमेडी फिल्म मात्रै होइन ‘जय हो’ जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसा गरेका थिए।

अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए। साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए।

यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन्। उनलाई फिल्मका सबै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आँखालाई शितलता र मनलाई शान्ति मिलेको बताइन्।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन्। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको प्रेम पाण्डे, कुमार थिङको पनि अभिनय रहेको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad