अभिनेत्री बेनिशा हमाल आफू अभिनित २ फिल्म एकै मितिमा रिलिज हुने भएपछि तनावमा छिन्।
उनले शीर्ष भूमिकामा रहेर अभिनय गरेका ‘हात्तीछाप’ र ‘उपहार’ आगामी माघ २६ मा रिलिज हुने पक्का भएको छ। दुबै फिल्मका निर्माता रिलिज मितिमा अडिग रहेको खण्डमा बेनिशाले आफैंसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’ ले फस्ट लुक सँगै प्रदर्शन मिति तय गर्यो। अब यहि मितिमा फिल्म ‘उपहार’ पनि आउने भएको छ।
फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमालको मुख्य भूमिका छ। फिल्मको टिमले चाडै नै गीत सार्वजनिक गर्ने तयारी गरेको छ।
एकै मितिमा दुई फिल्म रिलिज हुँदा प्रमोसनमा समस्या आउँछ। बेनिशाले पनि एकसाथ २ फिल्म एउटै मितिमा आउँदा आफूलाई दोहोरो प्रमोशनमा दौडनुपर्ने भएकाले केही गाह्रो हुने बताएकी छिन्।
Shares

प्रतिक्रिया