नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ। काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा बुधबार शुभमुहूर्त गरिएको हो।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन्।
दीपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। चलचित्रमा लेखक निर्देशक भट्टराईकै रहनेछ।
चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा रहनेछन्।
बुधबारबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ।
51
Shares

प्रतिक्रिया