कला


बलिउड गीतकार समीर भन्छन् : नेपाली भाषा साह्रै मीठो छ, अब नेपालका बारेमा धेरै लेख्छु

बलिउड गीतकार समीर भन्छन् : नेपाली भाषा साह्रै मीठो छ, अब नेपालका बारेमा धेरै लेख्छु

नेपालखबर
मंसिर ३, २०८० आइतबार ११:१७, काठमाडौँ

बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ।

काठमाडौँको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो।

समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकारमा पर्दछन्।

विश्वमै सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्।

कार्यक्रममा बोल्दै समीरले नेपाली भाषा धेरै प्रिय रहेको बताए। नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको उनी बताउँछन्।

कार्यक्रममा बोल्ने क्रममा उनले आफू नेपालमा पहिलो पटक आएको र अब नेपालका बारेमा धेरै कुरा लेख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए। मानिसहरूले समीरका गाना सुनेर र गुन्गुनाएर उनीप्रति माया प्रकट गर्ने गरेको चौधरी बताउँछन्।

अञ्जानले भारतीय गीतहरू उल्लेख्य रूपमा रचना गरेको स्मरण गर्दै उनका गीतले हरेक मानिसलाई जिउन सिकाएको चौधरीको तर्क छ।

गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad