अनमोल केसीको मुख्य भूमिकामा बन्ने फिल्म ‘फर्की फर्की’को छायाङ्कन सुरु हुने भएको छ।
निर्माता रोहित अधिकारीले फेसबुकमार्फत मंसिर ११ गतेबाट फिल्मको सुटिङ सुरु गर्ने जानकारी दिएका हुन्।
लभस्टोरी जनरामा बन्ने फिल्मको छायाङ्कन काठमाडौँ र पोखरामा हुनेछ।
सुयोग गुरुङको निर्देशन हुने फिल्ममा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल र रवि काफ्लेको अभिनय रहनेछ। एकमहिनाअघि अनमोल फिल्मको वर्कसपमा समेत जोडिएका थिए।
फिल्ममा रोहितका साथै ओएसआर डिजिटलको लगानी रहनेछ। नरेन्द्र मैनालीको छायाङ्कन हुने फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुँदैछ।
24
Shares

प्रतिक्रिया