गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यका दुई गीत सार्वजनिक गरिएको छ। भर्खरै सार्वजनिक गीतमा पदम लोहारको शब्द तथा अभिनय छ।
दुई गीतमध्ये ‘पागलपन’ सत्य–स्वरुप युट्युब च्यानलमा समेत सार्वजनिक भइसकेको छ। सत्य–स्वरुपकै सङ्गीत रहेको यो गीतमा सत्यराजसँगै अञ्जु पन्तको स्वर रहेको छ।
‘बजारमा चल्नु र भाइरल हुनुभन्दा पनि सकेसम्म राम्रो सिर्जना दर्शकश्रोतालाई पस्किने हाम्रो जमर्को हो’, उनले भने, ‘शब्द र सङ्गीतको मर्मलाई बुझेर सिर्जना पस्किने कोसिस गरेका छौँ।’
राम्रो अडिओ तयार गरिसकेपछि आँखालाई पनि बिझाउनु हुँदैन भनेर भिडियोमा पनि उस्तै मिहिनेत गरेर तयार गरेको उनले बताए।
भिडिओ
Shares

प्रतिक्रिया