अमेरिकी सेनाकी सेकेन्ड लेफ्टिनेन्ट म्याडिसन मार्स मिस अमेरिका २०२४ को विजेता बनेकी छन्। आइतबार राति फ्लोरिडामा भएको स्पर्धामा उनले सो उपाधि हात पारेकी हुन्।
मार्स हार्वर्ड केनेडी स्कुलमा पब्लिक पोलिसी विषयकी विद्यार्थी पनि हुन्। सो उपाधि जित्ने वायु सेनामा सेवारत पहिलो व्यक्ति पनि हुन् उनी।
स्पर्धामा अमेरिकाका ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियागरी ५१ जना सहभागी थिए।
मार्स मिस कोलोराडो हुन्। उनले आफूलाई विमान उडाउन, पास्ता पकाउन र पढ्न मनपर्ने बताएकी छन्।
अमेरिकी वायु सेनाले उनलाई बधाई दिएको छ।
यसअघि सो ताज विस्कन्सिनकी ग्रेस स्टेन्कको शिरमा थियो।
— U.S. Air Force (@usairforce) January 15, 2024Congratulations to our very own #Airman, 2nd Lt. Madison Marsh, aka Miss Colorado — who was just crowned @MissAmerica 2024! Marsh is the first active duty servicemember to ever win the title.#AimHigh pic.twitter.com/3RuDu5CulW
Shares

प्रतिक्रिया