कला


कीर्तिपुरमा बाल नाटक ‘करेसा कन्सर्ट’

कीर्तिपुरमा बाल नाटक ‘करेसा कन्सर्ट’

नेपालखबर
माघ २७, २०७६ सोमबार ७:९,

कीर्तिपुरमा बाल नाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ। कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कूलस्थित थिएटर मल रंगमञ्चमा माघ २६ देखि सो नाटक नियमित मञ्चन भइरहेकाे हो।
 
रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको यो नाटक यसअघि नेपालको प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव भारतमा प्रिमियिर गरिएको थियो। राष्ट्रिय बाल नाटक महोत्सव नेपालमा मञ्चन भइसकेकाे ‘करेसा कन्सर्ट’ ३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरी तयार पारिएको छ।
 
नाटकमा अभिनय पनि बालबालिकाले नै गरेका छन्। ‘करेसा कन्सर्ट’क लेखक, निर्देशक केदार श्रेष्ठ भन्छन्, 'नाटक करेसा कन्सर्ट विशुद्ध बाल नाटक हो। बाल सहभागितामूलक नाटक पनि हो।'
 
‘करेसा कन्सर्ट’को कथामा के छ?
करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ। यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सद्भावमा पुगेर टुंगिन्छ।
 
हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले  एउटा कार्यक्रम आयोजना गरी समस्या समाधान गर्ने जुक्ति निकाल्छन्। उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन्।
 
कार्यक्रममा सबैले आफ्ना बारे प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन्। कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन्।
 
यो कथा १० वर्षअघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको पुस्तक प्रकाशित गर्दै नेपालका सामुदायिक विद्यालयका पुस्तकालयसम्म पुर्याएको छ। सो पुस्तक निर्देशक श्रेष्ठले नै लेखेका हुन्। ३० हजारभन्दा बढी प्रति प्रकाशित सो पुस्तकको हाल चौथो संस्करण आएको छ।  सो पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो। सोही पुस्तकको मूल कथामै नाटक ‘करेसा कन्सर्ट’ तयार पारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad