कला


यस्तो छ सौगातको ‘अगस्त्य : च्याप्टर १’लाई दर्शकको साथ

यस्तो छ सौगातको ‘अगस्त्य : च्याप्टर १’लाई दर्शकको साथ

नेपालखबर
फागुन २०, २०८० आइतबार ११:४८, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘अगस्त्य च्याप्टर १’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्मले शुक्रबार हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो। 

शनिबार भने हलमा ८४ प्रतिशत अकुपेन्ची देखिएको निर्माण टिमको दाबी छ।

आइतबार पनि यस फिल्मलाई हलहरूले राम्रै शो दिएका छन्।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरीको मुख्य अभिनय छ।

फिल्मका मुख्य कलाकारहरु सौगात, नाजिर र मलिका काठमाडौँका विभिन्न हलहरूमा पुगेर साक्षात्कार गरेका थिए।

जहाँ २ घण्टा ५० मिनेटको फिल्म हेरेपछि अधिकांश दर्शकले फिल्मको एक्सनदेखि कलाकारको अभिनयको तारिफ गरे।

नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा फिल्म बनेको भन्दै दर्शकहरुले प्रतिक्रिया दिए। 

दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश रु भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनेको पाइन्छ।

जसअनुरूप निर्माणपक्षले बाँकी जानकारी पछि दिने भन्दै ‘अगस्त्य च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .