कला


नक्सालको घर र ५० लाख दिएर राजेशपायलले गरे साङबुङसँग सम्बन्धविच्छेद

नाबालक छोराको हेरचाहका लागि मासिक १५ हजार दिने
नक्सालको घर र ५० लाख दिएर राजेशपायलले गरे साङबुङसँग सम्बन्धविच्छेद

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १७:१५, काठमाडौँ

चर्चित गायक राजेश पायल राईले सम्बन्धविच्छेद गरेका छन्।

उनले श्रीमती साङ्बुङ राईसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। 

दुवै जनाले आपसी सहमतिमा न्यायाधीश पदमप्रसाद पाण्डेको इजालसमा सम्बन्धविच्छेद गरेका हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले नेपालखबरलाई बताएअनुसार दुईजनाबीच आपसी सहमतिमै छुट्टिने निर्णय भएको हो।

सम्बन्धविच्छेदका क्रममा गायक राजेशपायलले साङबुङलाई नक्सालमा तीनआना जग्गामा बनेको करिब ५ करोड मूल्यको घर दिएका छन्।

त्यसैगरी सम्बन्धविच्छेदका क्रममा उनले साङबुङलाई ५० लाख रुपैयाँ नगद पनि दिने सहमति अदालतमै गरेका छन्।

राजेशपायलले आफू र साङबुङको सम्बन्धबाट जन्मिएको छोरालाई १८ वर्षको उमेर नहुन्जेलसम्मलाई मासिसक १५ हजार रूपैयाँ दिने भएका छ्न्। 

आफ्नो वैवाहिक जीवन गोप्य राखेका राजेशपायलले नै साङबुङसँग सम्बन्धविच्छेदको मुद्दा हालेका थिए।

उक्त मुद्दालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश पाण्डेको इजलासमा सहमतिमै टुंग्याइएको हो।

सम्बन्धविच्छेदपछि साङबुङले आफ्नो मागबमोजिम सम्पत्ति पाएकी छिन्। 

केही वर्षदेखि राजेश र साङबुङ लिभइन टुगेदरमा बस्दै आएका थिए।

राजेशले साङबुङसँगको सम्बन्धबारे खुलाएका थिएनन्। उनले आफूलाई सञ्चारमाध्यममा अविवाहित पुरुषका रुपमा चिनाउँथे।

तर साङबुङले नै राजेशसँग आफ्नो बिहे भएको र आफूहरूको सम्बन्धबाट एकजना छोराको पनि जन्म भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।  

तर, गतवर्ष उनीहरुको बिहे दर्ता नै बाहिरिएपछि उनले बिहेको पुष्टि भएको थियो।

राजेशपायलले खोटाङ घर भएकी साङबुङसँग २०७९ मंसिर २६ गते विवाह दर्ता गरेका थिए। तर साङबुङ राजेशयालयभन्दा २६ वर्ष कान्छी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .