ad ad

कला


नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ओपनिङमा ‘गाउँ आएको बाटो’ देखाइने

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ओपनिङमा ‘गाउँ आएको बाटो’ देखाइने

नेपालखबर
जेठ ६, २०८१ आइतबार १२:३३, काठमाडौँ

फिल्म ‘गाउँ आएको बाटो’ नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ।

ओपनिङ फिल्मको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर तय भएको हाे। यो फिल्म आगामी असार ६ गते (जुन २०) स्क्रिनिङ हुँदैछ।

सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता भइसकेको छ। नेपाल र डायस्पोरा रिलिज चाहिँ जेठ २५ बाट रिलिज हुँदैछ।

आमोद राई निर्माता रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले समेटेको छ।

‘गाउँ आएको बाटो’ फिल्मका निर्माता राईले फेस्टिभलको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उनले भने।

फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्। रामकृष्ण पोखरेल फिल्मका निर्माता हुन्। पोखरेलले फिल्मको छनोट हुनु सम्मानको कुरा भएको बताए ।

फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ। वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा प्राप्त गरेको छ। अमेरिकामा भने यो पहिलोपटक स्क्रिनिङ हुन लागेको हो।

फेस्टिभलको पूर्ण लाइन–अप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए।

नेपाल अमेरिका फिल्म फेस्टिभल अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको छ।यसवर्षको संस्करण जुन २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .