ad ad

कला


रन्जु यादवद्वारा फिनल्याण्डमा मिथिला कला प्रदर्शनी

रन्जु यादवद्वारा फिनल्याण्डमा मिथिला कला प्रदर्शनी

नेपालखबर
जेठ ७, २०८१ सोमबार २०:१, काठमाडौँ

युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो। युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो।  

प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए। उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन्।

जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन्।

नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो। त्यसपछि बर्लिनको नेपाली दूतावासमा पनि एक दिनका लागि उनका चित्रहरु प्रदर्शनीमा राखिएको थियो।  

यस्तै, जेठ ११ र १२ गते डेनमार्कको राजधानी कोपनहेगनमा उनको दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो। त्यसलाई डेनमार्कस्थित नेपाली दूतावास, एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा आयोजना गरेको थियो।

त्यसअघि एनआएनए डेनमार्कले आयोजना गरेको एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकलाई मिथिला चित्र बनाउन सिकाएकी थिइन्।

राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित चित्रकार यादव युरोपका तीन देशमा एकल चित्रकला प्रदर्शनी सम्पन्न गरेर र पाँच देशको भ्रमण सकेर जेठ ८ गते मंगलबार स्वदेश फर्किंदैछिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .