कला


भक्तराजको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक

भक्तराजको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक

नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:४२, काठमाडौँ

भजन शिरोमणी भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराजको बाल्यकालेखि संगीत करियरको उत्कृष्ट १६ वर्ष समय र स्वर गुमेको घटना समेटिएको छ।

१३ बर्ष अघिनै निर्माण र प्रर्दशन भइसकेको फिल्म भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीरवरुप आगामी असार ७ गतेबाट पुन: प्रदर्शन हुन लागेको हो। यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधनका दृश्यहरू पनि थपिएका छन्।

यस फिल्ममा भक्तराजको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्य देखिएका छन्। ट्रेलरमा हेर्दा सत्यले भक्तराजको चरित्र दुरुस्तै उतारेका छन्। अरुणा कार्की भक्तराजको श्रीमतीको भूमिकामा देखिएकी छिन्। साथै फिल्ममा सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायका कलाकारहरूलाई समेत देख्न सकिन्छ।

रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीको निर्देशनमा तयार भएको हो। यस फिल्मलाइ देवजंग थापाले पुन: सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad