कला


नेटफ्लिक्स सिरिज ‘हीरामन्डी’ को दोस्रो श्रृंखला बन्ने, यस्तो हुनेछ कथा

नेटफ्लिक्स सिरिज ‘हीरामन्डी’ को दोस्रो श्रृंखला बन्ने, यस्तो हुनेछ कथा

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:५३, काठमाडौँ

सञ्जयलीला भन्सालीको वेव सिरिज ‘हीरामन्डी: द डायमन्ड बजार’ को दोस्रो सिरिज बन्ने भएको छ। नेटफ्लिक्समा सर्वाधिक रुचाइएको यस वेव सिरिजको नयाँ श्रृंखला ल्याउने तयारी सुरु भएको निर्देशक भन्सालीले भेराइटीसँग पृष्टि गरे।

दोस्रो सिजनको लागि नेटफ्लिक्सले निर्मातासँग सम्झौता गरिसकेको छ। भन्सालीले वेव सिरिजको कथासार समेत खुलाएका छन्।

हीरामन्डीमा तत्कालीन ब्रिटिस भारतस्थित लाहोरको हिरामन्डीमा सेट गरिएको थियो। जहाँ त्यतिबेला राजशाही यौनकर्मीले स्वतन्त्रताको लागि लडेका थिए।

‘हीरामण्डी २ मा अहिले लाहोरबाट महिलाहरु फिल्मी दुनियाँमा आएका छन्। विभाजन पछि उनीहरू लाहोर छोड्छन् र तिनीहरूमध्ये अधिकांश मुम्बई फिल्म उद्योग वा कोलकाता फिल्म उद्योगमा बस्छन्।

त्यसैले बजारमा उनीहरूको यात्रा उस्तै छ। उनीहरूले अझै नाच्न र गाउनै पर्छ, तर यस पटक नवाबहरूका लागि होइन निर्माताहरूको लागि। त्यसैले हामी दोस्रो सिजन योजना गर्दैछौं, हेरौं यो कहाँ जान्छ,’ भन्सालीले भने।

सञ्जय लीला भन्सालीको फिल्म होस् वा शृङ्खला, सबै कुरा भव्य र फरक ढंगले गरिन्छ। ‘हीरामन्डी २’ को घोषणा पनि फरक तरिकाले गरेको छ। मुम्बईको कार्टर रोडमा अनारकली र घुंगरु लगाएका १०० जना नर्तकहरूले दोस्रो सिजनको घोषणा गरे। ‘हिरामन्डी २’ को दोस्रो सिजनमा कुन–कुन कलाकारहरु देखिने बारे टुंगो लागेको छैन।

मे १ बाट स्ट्रिमिङ भएको यस सिरिजले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड बनाएको थियो। साथै यो सिरिज नेटफ्लिक्समा अहिलेसम्म धेरै हेरिने हिन्दी सिरिज पनि हो।

यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको मुख्य भूमिका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad