ad ad

कला


कार्दसियन ब्रान्डको अन्डरवेयर विवादः आलोचनापछि भित्री वस्त्रको नाम परिवर्तन गरिने

कार्दसियन ब्रान्डको अन्डरवेयर विवादः आलोचनापछि भित्री वस्त्रको नाम परिवर्तन गरिने

नेपालखबर
असार १७, २०७६ मंगलबार ८:३२,

केही समय अगाडि ३८ वर्षीया कार्दसियनले आफ्नै ब्रान्डको नयाँ सेपवेयर जापानमा सार्वजनिक गरेकी थिइन्।

उनले सेपवेयरको नाम ‘किमोनो इन्टिमेट’ राखेकी थिइन्।

गतहप्ताको मंगलबार उनको ब्रान्डका सेपवेयरहरु जापानमा सार्वजनिक भएपछि त्यसले त्यहाँ विवाद निम्ताएको थियो।

आफ्ना ब्रान्डको सेपवेयरले महिलाहरुको शरीरको आकार राम्रो देखाउन मदत गर्ने कार्दसियनको भनाइ थियो।

तर जापानका सामाजिक संजालमा कार्दसियन ब्रान्डका सेपवेयरलाई अन्डरवेयर भनेर चित्रित गर्न थालियो।

Image result for kardashian kimono

कार्दसियनले जापानमा लन्च भएको सेपवेयर अन्डरवेयर नभएको प्रतिक्रिया समेत दिएकी थिइन्।

तर मानिसहरुले उक्त पोशाकले जापानी परम्परागत पोशाकको धज्जी उडाएको अभिव्यक्तिहरु सार्वजनिक गरे। आक्रोश पोखे।

‘किमोनो पोशाक’को जापानमा परम्परागत र सांस्कृतिक महत्व छ। लामो कपडा जापानको संस्कार झल्काउने कपडालाई किमोनो भनिन्छ।

बीबीसीका अनुसार कार्दसियनले अन्डरवेयरलाई किमोनो भनेपछि जापानी नागरिक रुष्ट भएका हुन्।

कार्दसियनले भने सेपवेयरलाई अन्डरवेयर भन्न नहुने बताएकी छिन्। कार्दसियनले इन्स्टाग्राममार्फत आफूले आफ्नो सेपवेयरको नाम परिवर्तन गर्ने बताएकी हुन्।

View this post on Instagram

Being an entrepreneur and my own boss has been one of the most rewarding challenges I’ve been blessed with in my life. What’s made it possible for me after all of these years has been the direct line of communication with my fans and the public. I am always listening, learning and growing - I so appreciate the passion and varied perspectives that people bring to me. When I announced the name of my shapewear line, I did so with the best intentions in mind. My brands and products are built with inclusivity and diversity at their core and after careful thought and consideration, I will be launching my Solutionwear brand under a new name. I will be in touch soon. Thank you for your understanding and support always.

A post shared by Kim Kardashian West (@kimkardashian) on

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .