कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिर (सुन्तली) लामो समयपछि विदेशी कार्यक्रममा प्रस्तुति दिएका छन्। यो जोडीले सोमबार फिनल्यान्डको हेल्सिन्कीमा पाँच वर्षपछि प्रस्तुति दिए।
‘धुर्मुस-सुन्तली साँझ’ कार्यक्रममा फिनल्यान्ड पुगेका उनीहरुले आफ्नो प्रस्तुतिमार्फत नेपाली दर्शकलाई हँसाए। उनीहरुको यो पहिलो युरोप कार्यक्रम हो।
पछिल्लोपटक उनीहरुले विदेशमा वि।सं २०७६ मा दुबईको कार्यक्रममा प्रस्तुति दिन पुगेका थिए।
चौतारी इभेन्ट्सले युरोपका आधा दर्जन बढी देशमा यो कार्यक्रम आयोजना गरेको छ। जसअन्तर्गतको फिनल्याण्डमा भएको पहिलो कार्यक्रम भव्य भएको धुर्मुसको भनाइ छ।
दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा हुनेछ। यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ।
साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना हुनेछन्।
धुर्मुस सुन्तलीसहित कार्यक्रममा गायक बिष्णु खत्री, तुलसी शिवाकोटीको पनि प्रस्तुती छ।
२०७२ को भूकम्पपछि सामाजिक सेवामा लागेका श्रीमानश्रीमती समेत रहेका धुर्मुस र सुन्तली गतवर्षदेखि कलाकारितामा फर्किएका हुन्।
Shares

प्रतिक्रिया