कला


जुलाइदेखि डिसेम्बरसम्म आउँदै भारतका यी १० सिक्वेल

जुलाइदेखि डिसेम्बरसम्म आउँदै  भारतका यी १० सिक्वेल

नेपालखबर
साउन २, २०८१ बुधबार १५:१६, काठमाडौँ

भारतीय फिल्म उद्योगमा सिक्वेल बन्ने क्रम बढ्दो छ। यसै महिनादेखि भारतमा सिक्वेलको बाढी आउँदैछ भन्दा फरक नपर्ला। किनकी जुलाइदेखि ६ महिनामा १० वटा सिक्वेल फिल्महरू रिलिज हुँदैछन्।

जसमा रोहित शेट्टीको ‘सिंघम अगेन’ देखि कार्तिक आर्यनको ‘भूल भुलैया ३’ सम्म करिब १० वटा सिक्वेल फिल्म रहेका छन्। यी फिल्महरूमा लगभग ७०० करोड भारतीय रुपैयाँ दाउमा छ।

१९ जुलाइमा ‘ब्याडन्युज’, १५ अगस्टमा ‘स्त्री २’ र ‘सिंघम अगेन’ रिलिज हुँदैछन्। १३ सेप्टेम्बरमा ‘मेट्रो इन दिनों’, ११ अक्टोबरमा ‘ब्याडएस रवि कुमार’, १ नोभेम्बरमा ‘भुलभुलैया ३’, १५ नोभेम्बरमा ‘रेड २’, २२ नोभेम्बरमा ‘धड्क २’ हलमा लाग्दैछन्। ६ डिसेम्बरमा ‘पुष्पा २’ र २५ डिसेम्बरमा ‘सितारे जमिन पर’ रिलिज हुँदैछन्।

यद्यपी फिल्मले कस्तो प्रदर्शन गर्छ भन्ने विषयवस्तुमा भर पर्छ। तर, यी फिल्मबाट राम्रो ओपनिङको आशा भने गर्न सकिन्छ।

ट्रेड एनालिस्ट अतुल मोहनका अनुसार कुनै पनि फिल्मको सिक्वेल ल्याउने रणनीतिले बक्स अफिसमा राम्रो ओपनिङ दिन मद्दत गर्छ। यसै क्रममा निर्माता गिरीश जोहरले यो रणनीतिले पनि कसरी ब्याकफायर गर्न सक्छ भन्ने बताए।

जोहरले भने, ‘आगामी ६ महिनासम्म सबैको नजर सिक्वेलमा हुनेमा कुनै शंका छैन। यी फिल्महरूको आफ्नै छुट्टै फ्यानबेस छ। कसैले चलचित्रको पहिलो, दोस्रो भाग हेरे र मन परेमा नयाँ चलचित्रसँग सजिलै जोडिन सक्छन्। निर्माताहरूको लागि जोखिम मूल्य थोरै कम हुन्छ।’

निर्माता तथा चलचित्र व्यवसाय विज्ञ गिरीश जोहरका अनुसार यो रणनीति सही हुँदैन। यसबारे उनले भने, ‘सेफ गेम भएकाले सिक्वेल बनाइएको हो। पहिलो फिल्म हेर्नेले दोस्रो फिल्म पक्कै हेर्ने निर्माता ढुक्क छन्। तर सिक्वेलमा पनि कथा उत्तिकै बलियो हुनुपर्छ भन्ने उनीहरूलाई लाग्दैन।’

नयाँ फिल्मको मनोरञ्जन मूल्यलाई मानिसहरूले मन पराएनन् भने रणनीति उल्टो हुने उनी बताउँछन्।

‘राम्रो कन्टेन्ट नभएसम्म सिक्वेल ल्याउने रणनीति अपूर्ण छ। फिल्मको ब्राण्ड भ्यालुमा असर परेको छ। पछिल्ला केही वर्षयता फिल्मले बक्स अफिसमा कमाइ गरेका छन्। तर, जब यी फिल्महरूको सिक्वेल वा तेस्रो-चौथो फिल्म बने फ्लप साबित भएका छन्’ उनले भने।

२०२४ सालको छ महिना बितिसकेको छ। यस अवधिमा बलिउडका धेरै फिल्महरू ठूला पर्दामा रिलिज भए, जसमा केही फिल्महरूले बक्स अफिसमा आफ्नो बजेट पनि कमाउन सकेनन्।

ट्रेड एनालिस्ट जोगिन्दर टुटेजा सिक्वेलको लिस्टमा परेका केही फिल्मले राम्रो व्यापार गर्न सक्नेमा आशावादी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad