पल शाह र बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ बन्ने भएको छ। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा बन्ने फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने यस फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। यसअघि उनले फिल्म ‘बुलाकी’ निर्देशन गरेका थिए।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।
फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ। सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ।
हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभूती हुने निश्चित छ। एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ।
पल र बेनिशाले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन्। फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।
यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। तिहारपछि फिल्मको सुटिङ सुरु हुनेछ।
Shares

प्रतिक्रिया