कला


के मूलधारबाट सधैँ उपेक्षामा छ कला क्षेत्र?

के मूलधारबाट सधैँ उपेक्षामा छ कला क्षेत्र?

नेपालखबर
साउन १९, २०८१ शनिबार १८:२, काठमाडौँ

कला भन्ने बित्तिकै तपाईंको दिमागमा के आउँछ? पक्कै पनि मनोरञ्जन पेन्टिङ, गीतसंगीत, सिनेमा।

तर कला अन्तर्गत परेका अन्य धेरै त्यस्ता विधा छन् जसको बारेमा खासै मुलधारका सञ्चार माध्यममा  पर्दैनन्। 

किताब जात्राको दोस्रो दिन अर्थात अन्तिम दिन यसै विषयमा छलफल गरिएको छ। पत्रकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गरेको छलफलमा सम्पादक युवराज घिमिरे, पत्रकार मधु शाही र निर्देशक सुब्रत आचार्य गफिए।

जसमा सम्पादक युवराज घिमिरेले मूलधार के लाई भन्ने पहिला त्यसमा जान जरुरी रहेको बताए। उनले भने, ‘पहिलेको जस्तो पत्रिकामा कला पेज भन्ने अहिले छैन।’

उनका अनुसार, समाचार कहाँ छापियो भन्दापनि त्यो पठनयोग्य छ या छैन त्यो कुराले महत्व राख्ने उनले बताए। उनले भने, ‘समाचारको महत्व र मुल्यले यसको स्थान निर्धारण गर्छ। र अहिले कलाका समाचार पनि बलियो कन्टेन्टमा लेखिन थालेको छ।’

तर कला पत्रकारितामा खोज कम हुने भएकाले यसले मुलधारको सञ्चार माध्यममा कम प्राथमिकता पाएको हुन सक्ने पनि उनले बताए।

त्यस्तै कला बिट छाडेर अहिले अन्य बिटमा काम गरिरहेकी पत्रकार मधु क्षेत्रीले कला पत्रकारिताकै कारण हरेक समाचारको स्रोत र दृष्टिकोण पहिल्याउन सहज भएको बताइन्। 

उनले भनिन्, ‘कला पत्रकारिताले आँखा फराकिला हुँदो रहेछ। 
सम्पादनमा कला चेतना नभएमा पत्रकारिता मर्ने भन्दै उनले भनिन्, व्यवसायिक रुपले हेर्दा कला मर्छ। समान तरिकाले हेर्ने सम्पादक हुने हो भो कला माथि धेरै लेख्न सकिन्छ।’

यस्तै, लामो समय पत्रकारिता गरेर अहिले चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा रमाइरहेका सुब्रत आचर्यले जसरी आर्थिक लगानी गरेको छ त्यसरी मुलधारको सञ्चार माध्यममा स्थान नपाएको बताए।

उनले भने, ‘म आफैँले पनि लामो समय कलाकै पत्रिकामा मूलधारको कला पत्रकारिता गरेको हो तर यस्ता मूलधार भनिएकाहरुमा पनि सिनेमा संगीत सामान्य र कुनातिर अटाए हुन्छ भन्ने अपेक्षा हुन्थ्यो। फ्रन्ट पेजमा  कलाकार तथा स्रष्टाको समाचार आउन निधन हुनुपर्ने अवस्था छ। यो बिडम्बना हो।’

साप्ताहिक पत्रिकामा काम गर्दाको अनुभव साँट्दै उनले भने, ‘सकेसम्म गल्यामर फोटोहरू राखिन्थ्यो। बलिउड राखिन्थ्यो तर आख्यान पेन्टिङले ठाउँ पाउँदैनथ्यो।’

कलाको समाचार मुख्य बन्नु नबन्नुमा सम्पादकको मुडमा कति निर्भर  हुन्छ भन्ने प्रश्नमा सम्पादक घिमिरेले भने, ‘यस्तो अपवादका रुपमा होला तर कलाको समाचारको महत्व बुझेर कभर नगरेको भने होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad