कला


विश्वप्रसिद्ध लोकार्नो फेस्टिबलमा अवार्ड जितिन् 'शाम्बाला' की अभिनेत्री थिन्लेले

विश्वप्रसिद्ध लोकार्नो फेस्टिबलमा अवार्ड जितिन् 'शाम्बाला' की अभिनेत्री थिन्लेले

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार २३:२, काठमाडौँ

विश्वप्रसिद्ध लोकार्नो फिल्मफेस्टिबलमा मीनबहादुर भाम निर्देशित नेपाली फिल्म 'शाम्बाला' की मुख्य अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी छिन्।

उनले फिल्ममा उत्कृष्ट अभिनयका लागि 'बोक्कलिनो डिओर' अवार्ड जितेकी हुन्। शाम्बाला निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत अवार्ड पाएको जानकारी दिएको हो।

कुनै पनि दक्षिण एसियाली कलाकारले पहिलोपटक यस किसिमको अवार्ड जितेको फिल्म निर्माण टिमको दाबी छ।

'शाम्बाला फिल्मका मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं। दक्षिण एसियाली कलाकारले पहिलोपटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन्,' विज्ञप्तिमा लेखिएको छ।

यो अवार्ड थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वीजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिबलमा यो फिल्म देखाइएको थियो। यसअघि अरु विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिबलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। यो फिल्म भदौ २८ गते अर्थात् सेप्टेम्बर १३ मा नेपाली हलमा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad