कला


‘द रेड सुटकेस’ ले अष्ट्रेलियामा जित्यो ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ को अवार्ड

‘द रेड सुटकेस’ ले अष्ट्रेलियामा जित्यो ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ को अवार्ड

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:३९, काठमाडौँ

नेपाली फिल्म ‘द रेड सुटकेस’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको छ। अष्ट्रेलियाको मेलबर्नमा आयोजित इन्डियन फिल्म फेस्टिभल २०२४ मा यस फिल्मले ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ को अवार्ड जितेको हो।

शुक्रबार सम्पन्न अवार्ड समारोहमा फिल्मले उपमहाद्धिपकै उत्कृष्ट फिल्मको पुरस्कार पाउन सफल भयो। इण्डियन फिल्म फेस्टिभल मेलबर्न २०२४ अष्ट्रेलियामा हुने भारतीय डायस्पोराको प्रतिष्ठित अवार्ड मानिन्छ।

गत चैत ३० गते हलमा लागेको फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। यस फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडाको मुख्य भूमिका छ।  

फिडेल देवकोटा निर्देशित यो फिल्म गतवर्ष प्रतिष्ठित फिल्म फेस्टिभल भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो। यस फिल्मले भेनिसमा मेन्सन अवार्ड जितेको थियो।

साथै भेनिसमै स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकको रुपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्ड समेत प्रदान गरेको थियो।

थुप्रै फेस्टिभलमा छनोट भएको फिल्मले विभिन्न अवार्ड जितिसकेको छ। आइसफल फिल्म्सको ब्यानरमा बनेको फिल्मको निर्माता रामकृष्ण पोखरेल हुन्।

यस फिल्मले वैदेशिक रोजगारको सामाजिक असरको कथा भन्छ।

यस अवार्डमा ‘ट्वेल्थ फेल’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्दा ‘लापता लेडिज’ ले क्रिटिक्स च्वाइस अवार्ड पायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad