फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ। निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले रिलिज गर्न नसक्ने जानकारी दिएको हो।
यसअघि यो फिल्म असोज ३ गतेबाट प्रदर्शन हुने तय भएको थियो। निर्माणटिमले दर्शकहरूले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको जनाएको छ।
फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणटिमले छिट्टै नयाँ रिलिज मिति तय गर्ने जनाएको छ।
विक्की महर्जनको लेखन तथा निर्देशित फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ। फिल्ममा अमित अग्रहरिको लगानी छ।
विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। फिल्ममा नविन गुरुङको छायांकन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन्।
Shares

प्रतिक्रिया