रुसको कुर्स्क क्षेत्रमा सय गाउँ कब्जा गरेको युक्रेनले दाबी गरेको छ। युक्रेनी सेनापतिले यस्तो दाबी गरेका हुन्।
जर्नेल अलेक्सान्द्र सिर्स्कीले युक्रेनी सैनिकहरुले १ हजार २९४ वर्गकिलोमिटर भूमि र १०० गाउँ कब्जा गरेको बताएका हुन्।
त्यस्तै, ५९४ जना रुसी सैनिकलाई बन्दी बनाइएको उनले जानकारी दिए।
युक्रेनी टीभीमा बोल्दै जर्नेल सिर्स्कीले कुर्स्कमा आक्रमण गर्नुको एउटा उदेश्य दुश्मन सेनाको ठूलो संख्यालाई अन्य स्थानका मोर्चाबाट पछि हट्न बाध्य पार्नु भएको उनको भनाइ छ। त्यसमा सफल भएको उनको दाबी छ।
तीन साताअघि युक्रेनले अचानक कुर्स्क क्षेत्रमा घुसेर हमला गरेको थियो। सो क्षेत्रबाट युक्रेनी सैनिकहरुलाई लखेट्न रुसले अझै सकिरहेको छैन। एजेन्सी
162
Shares

प्रतिक्रिया