कला


करोड क्लबमा प्रवेश गर्‍यो ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’

करोड क्लबमा प्रवेश गर्‍यो ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:५०, काठमाडौँ

फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश गरेको छ। यस गीतलाई १९ दिनमा १ करोड ३१ हजार बढी भ्युज मिलेको हो।

असोज २ गते सार्वजनिक भएको गीतमा ब्रेकअप भएपछि प्रेमीले प्रेमिकाप्रति पोखेको रिस र आक्रोशलाई चित्रण गरिएको छ। अन्तिममा प्रेमिकाको प्रतिक्रिया थियो।

जुन गीत सार्वजनिक भएदेखिनै टिकटकदेखि सामाजिक सञ्जालमा चर्चामा रह्यो। गीतका शब्दहरुलाई लिएर कतिपयले भने आलोचना समेत गरेका थिए। 

यस गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी फिचर्ड छन्।

गीत करोड क्लबमा पुगेसँगै अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा खुसी व्यक्त गरेका छन्।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। असोज २४ गतेबाट रिलिज हुने फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad