फिल्म ‘फेरि रेशम फिलिली’ को छायांकन सुरु भएको छ। सोमबारदेखि काठमाडौंमा फिल्मको सुटिङ सुरु गरिएको हो।
यो फिल्म ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला हो।
दोस्रो सिरिजमा निर्देशकसहित निर्माता र केही कलाकारहरु हेरफेर गरिएको छ।
निरोज महर्जनको निर्देशनमा बनिरहेको फिल्मलाई सुसन प्रजापतिले खिँचिरहेका छन्। फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, रविन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी लगायतको अभिनय छ।
सिनेमा आर्ट्स र भी मोसन पिक्चर्सको सहकार्यमा यो फिल्म निर्माण हुँदैछ। फिल्ममा निरोजकै पटकथा र संवाद रहेको छ।
147
Shares

प्रतिक्रिया