कला


‘सानो संसार’ फेरि हलमा

‘सानो संसार’ फेरि हलमा

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

आज (शुक्रबार) देखि फिल्म ‘सानो संसार’ पुन: प्रदर्शनमा आएको छ।

बक्सअफिसमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ को दबदबाबीच यो फिल्म हलमा लागेको हो।

यसअघि ‘सानो संसार’ असोज ११ गते रिलिज भएको थियो। तर, रिलिजकै दिनदेखि भारी वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले फिल्मलाई हलबाट निकालिएको थियो। 

तर दोस्रो सातामा भइसक्दा पनि हलमा यस फिल्मले न्यून शो पाएको छ।

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ का कारण मल्टिप्लेक्सले पर्याप्त शो दिन सकेका छैनन्। तर, राम्रो माउथ पब्लिसिटी मिलेमा यस फिल्मले पिकअप लिन सक्छ।

सिद्धार्थ पुडासैनी निर्देशित यस फिल्ममा सीतादेवी तिमल्सेनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन्। 

फिल्ममा मध्यमवर्गिय परिवारको संघर्षको कथा छ। फिल्मका निर्माता अर्जुनकुमार डंगोल हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad