शाहरुख खान र सलमान खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘करण अर्जुन’ पुनः प्रदर्शन हुने भएको छ।
झण्डै ३० वर्षपछि यो फिल्म फेरि हलमा रिलिज हुन लागेको हो।
यो फिल्म आगामी २२ नोभेम्बरबाट रिलिज हुँदैछ। अभिनेता खानले सोमबार यसबारे जानकारी दिए।
‘राखीजीले सही भन्नु भएको थियो कि करण अर्जुन आउनेछन् भनेर। नोभेम्बर २२ मा दुनियाँभरको सिनेमा घरमा,’ उनले लेखेका छन्।
सलमान, शाहरुखसहित काजोलको मुख्य भूमिका रहेको यो फिल्म विश्वभरिका सिनेमाहलमा रिलिज हुनेछ।
रोशन निर्देशित यो फिल्म बक्सअफिसमा हिट भएको थियो। सन् १९९५ जनवरी १३ मा पहिलोपटक रिलिज भएको यस फिल्मले ४३ करोड भारतीय रुपैयाँ कमाएको थियो।
त्यसताका फिल्म फेयर अवार्डमा १० विधामा छनोट भएको यस फिल्मले उत्कृष्ट एक्सन र सम्पादनको अवार्ड जितेको थियो।
846
Shares

प्रतिक्रिया