बलिउड फिल्म ‘सिंघम अगेन’ अजय देवगनको करियरको सबैभन्दा प्रतिक्षित फिल्म हो। जुन फिल्म तिहारको अवसरमा १ नोभेम्बरबाट रिलिज हुँदैछ। फिल्मलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ।
दर्शकहरुमा क्रेज हुनुका विभिन्न कारण छन्। जसमध्ये एउटा कारण होस् यस फिल्मको कथालाई रामायणसँग जोड्नु। अर्को कारण यो फिल्म ‘भुल भुलैया ३’ सँगसँगै रिलिज हुने भएको छ। फरक विधामा बनेका दुवै चलचित्रको शैली फरक छ। यसैबीच, यी दुवै फिल्मको अग्रिम बुकिङ खुलिसकेका छन्।
‘भुल भुलैया ३’ को अग्रिम बुकिङ कलेक्शन आइतबारदेखि सुरु भएको छ। सोमबार साँझदेखि ‘सिङ्घम अगेन’को प्रि(सेल्स बुकिङ खुलेको हो। यस्तो अवस्थामा यो चलचित्रको पहिलो दिनको तथ्यांक बाहिर आएको छ।
रिपोर्टअनुसार ‘सिङ्घम अगेन’ को पहिलो दिनको अग्रिम बुकिङको तथ्यांक सार्वजनिक भएको छ। यो समाचार तयार पार्दासम्म सिङ्घम अगेनले २१ लाख भारतीय रुपैयाँ कमाइ गरिसकेको छ। फिल्मको ५५७१ टिकट बिक्री भइसकेको छ।
‘भुल भुलैया ३’ को अग्रिम बुकिङमा पहिलो दिन १८ हजारसम्म टिकट बिक्री भएको थियो। यसैबीच मंगलबारको तथ्यांकलाई ध्यानमा राख्दा यो चलचित्रले गति लिएको छ। भुल भुलैया ३ को अग्रिम बुकिङ कलेक्सन अहिलेसम्म ८९ लाख भारु पुगेको छ।
तर, अजयको सिंगम अगेन भने अग्रिम बुकिङमा पछाडि छ। तर, कमाईको वास्तविक लडाई भने नोभेम्बर १ मा रिलिज भएपछि सुरु हुनेछ। ‘सिंघम अगेन’ सन् २०११ मा रिलिज भएको सिंघमको तेस्रो श्रृखंला हो। यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन्। यसको दोस्रो सिक्वेल ‘सिंघम रिटर्न्स’ सन् २०१४ मा रिलिज भएको थियो।
‘भुल भुलैया ३’ मा कार्तिक आर्यन र तृप्ति डिमरी मुख्य भूमिकामा छन्। मञ्जुलिकाको भूमिकामा विद्या बालन पनि देखिनेछिन्। यसअघि भुल भुलैया फ्रेन्चाइजका दुई फिल्म रिलिज भइसकेका छन्।
सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन जस्ता कलाकार देखिएका थिए। त्यसपछि सन् २०२२ मा ‘भूल भुलैया २’ रिलिज भएको थियो।
Shares

प्रतिक्रिया