कला


सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार, परे पक्राउ

सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार, परे पक्राउ

फाइल तस्बिर: सलमान खान


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ७:२४, काठमाडौँ

मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खान र उनको आगामी फिल्मका गीतकार सोहेल पठानलाई ज्यान मार्ने धम्की आएको विषयमा अनुसन्धान गरिरहेको छ। तर यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो धम्की सोहेल पठान आफैँले पब्लिसिटी पाउन पठाएको प्रहरीले दाबी गरेको छ। पठानलाई अपराध शाखाले कर्नाटकको रायचुरबाट पक्राउ गरी मुम्बईको वर्ली प्रहरी चौकीमा बुझाएको छ। 

एक अधिकारीले नोभेम्बर ७ मा मुम्बई ट्राफिक प्रहरीलाई ५ करोड भारु नतिरे सलमान खान र सोहेल पठानलाई मारिने धम्कीको सन्देश आएको बताए। यस मामिलामा वर्ली पुलिस स्टेसनमा एफआईआर दर्ता गरिएको छ। 

मुम्बई अपराध शाखाले धम्कीको सन्देश पठाइएको मोबाइल नम्बर ट्रेस गर्‍यो। यो नम्बर कर्नाटकका वेंकटेश नारायणनको हो। तर, प्रहरीले उनीसँग सामान्य फोन रहेको र त्यसमा ह्वाट्सएप नभएको पत्ता लगाएको छ। प्रहरीले नोभेम्बर ३ मा फोनमा ह्वाट्सएप इन्स्टल गरेको ओटीपी फेला पारेको थियो। यसबारे प्रहरीले सोध्दा उनले त्यही दिन रायचुर बजारमा किराना सामान किन्न गएको बताए।

एक अधिकारीले सोधपुछका क्रममा पठानले प्रचारका लागि यो धम्की दिएको बताए। सलमान खानलाई आइरहेको धम्कीले जुन चर्चा पाइरहेको थियो, त्यसमा आफ्नो नाम पनि जोड्यो भने लोकप्रियता पाउन सक्ने उनलाई लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad