कला


फिरोजको स्वरमा ‘यो कस्तो खुशी’ बोलको गीत सार्वजनिक

फिरोजको स्वरमा ‘यो कस्तो खुशी’ बोलको गीत सार्वजनिक

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १४:४८, काठमाडौँ

नेपाली फिल्म ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएका फिरोज तिमल्सिनाले गायनमा पनि अघि बढिरहेका छन्।

‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा काम गरेका फिरोजले ‘यो कस्तो खुशी’ बोलको गीतको गीत ल्याएका छन्।

यस गीतलाई फिरोजले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। फिरोजले स्वर रहेको गीतमा मिलन पोखरेल शब्द र प्रकाश नेपालीको संगीत सुन्न सकिन्छ।

पछिल्लो अध्यनको शिलशिलामा समय संयुक्त राज्य अमेरिकामा रहेका फिरोजले यसगीतमा आफु भन्दा टाढा रहेका प्रेमिल जोडीको कथा प्रस्तुत गरेको बताए।  

‘प्रवासमा भएता पनि सङ्गीत प्रतिको लगावलाई छाड्न सकेको छैन् । यस गीतलाई तयार गर्दा टाढा रहेर माया गर्ने जोडीलाई कल्पना गरेर सोही भावमा स्वर भरेको थिएँ। यो गीतले टाढिएर पनि मायामा रहेकालाई भावनात्मक रुपमा बलियो हुन् अझैँ मदत गर्छ भन्ने लागेको छ,’उनले भने।

यसको छायांकन अमेरिकाकै कोलोराडो राज्यको रमणीय दृश्यमा गरिएको छ। सार्वजनिक गीतको भिडिओमा ‘दर्पण छायाँ २’ मार्फत अभिनयमा उदाएकी अभिनेत्री सहारा कार्कीले अभिनय गरेकी छिन्।

गीतको भिडिओमा उनलाई मनोज श्रेष्ठले साथ दिएका छन्। गीतको भिडिओलाई फिरोजले अनुप गिरीसँग मिलेर निर्देशन गरेका छन्। भिडिओमा सम्पादन, छायांकन र रङ्ग संयोजन पनि निर्देशक गिरीले नै गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad