कला


सौरभ चौधरीको ‘कर्मा’मा अनुबन्ध भए उपासना र मुकुन

सौरभ चौधरीको ‘कर्मा’मा अनुबन्ध भए उपासना र मुकुन

नेपालखबर
मंसिर २, २०८१ आइतबार १४:१०, काठमाडौँ

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ। 

यस फिल्मको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो। यसैबीच, फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन्।

चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिनेछिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ। विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन्।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा छ।

निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए। एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। ‘अगस्त्य: च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपिनलाईपहिलोपटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ। विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन्।

मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैतको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए। यो चलचिको छायांकन दाङ र रुकुममा गरिनेछ।

यो चलचित्रको छायांकनअगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ। चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ। चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad