खेल


सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्‍याली गर्ने

सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्‍याली गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार १४:१६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्ने भएको छ।

सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्‍यालीको आयोजना गर्ने भएको हो। र्‍यालीमा सहभागी हुन मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता हुनेछ।

र्‍यालीको तयारी लगभग पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए। उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सले क्रिकेटको साथ लिएको बताउँदै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्‍यालीमा सहभागी भएर टिमको हौसला बढाउन आग्रह पनि गरे।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुँदै छ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्।

सुदूरपश्चिम रोयल्सको टोली- दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad