कला


सौगातको ‘बम बहादुर’पुस ५ गते नेपालसहित भारतमा रिलिज हुने

सौगातको ‘बम बहादुर’पुस ५ गते नेपालसहित भारतमा रिलिज हुने

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १५:१०, काठमाडौँ

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ। यो फिल्म्सहित भारतमा एकै दिन रिलिज हुँदैछ ।

टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ। शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन। शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ।

बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई उजागर गर्दछ।

यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ। चलचित्रका निर्देशक जोन राईले यो चलचित्र, भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न बनाएको बताए।

बम बहादुर मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको र यसले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सोसल ड्रामाको अनुभव गराउने राईले बताए। उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गर्ने जनाए। निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो चलचित्र बनाएको जनाए ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा।लि।को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।


‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको फिल्मको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad