दीवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ को प्रदर्शन मिति तय भएको छ।
यो फिल्म आगामी फागुन १४ गते शिवरात्रीको अवसरमा रिलिज हुने पक्का भएको हो।
फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दें फिल्मको नयाँ मितिबारे जानकारी गराएका हुन्। पोस्टरमा मुख्य कलाकारद्वय पल शाह र दीपिका पसाईं फिचर्ड छन्।
यसअघि यो फिल्म कात्तिक १५ गते रिलिज हुने भनिएको थियो। तर, ‘नरसिंहा’ को सुटिङमा व्यस्त भएको बताउँदै उनले पुष २६ गतेका लागि रिलिज मिति तोकेको थिए।
लबस्टोरी जनरामा बनेको फिल्ममा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तको लगानी छ।
‘मायावी’ को मिति तोकेसँगै यो फिल्म सक्किगोनी टिमको ‘लाज शरणम्’ सँग भिड्ने पक्का भएको छ।
यसअघि नै कुमार कट्टेल ‘जिग्री ब्रो’ को निर्देशनमा बनिरहेको यस फिल्मले फागुन १४ को मिति तोकेको थियो। जसकारण शिवरात्रीमा बक्सअफिसमा यी दुइ फिल्मबीच भिडन्त हुनेछ।
Shares

प्रतिक्रिया