कला


सन् २०२५ मा बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ र ‘जारी २’ सहित तीनवटा फिल्म बनाउने

सन् २०२५ मा बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ र ‘जारी २’ सहित तीनवटा फिल्म बनाउने

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १५:२०, काठमाडौँ

नेपालको चर्चित निर्माण कम्पनी बाँसुरी फिल्म्सले सन् २०२५ मा तीनवटा फिल्म बनाउने भएको छ। यस कम्पनीले ‘कबड्डी ५’ र ‘जारी २’ सहित तीन नयाँ फिल्म निर्माण गर्ने भएको हो।

‘कबड्डी’ र ‘जारी’ का नयाँ श्रृंखला सोही वर्षमा रिलिज गर्ने योजना रहेको छ। अनटाइटल फिल्मको भने पटकथा लेखन कार्य भइरहेको छ। यज्ञशले फिल्मको कथा लेखिरहेका छन्।

‘कबड्डी ५’ र ‘जारी २’ मा दयाहाङ राई मुख्य भूमिकामा देखिनेछन्। ‘जारी २’ को निर्माणमा बाँसुरी फिल्म्ससँग उपेन्द्र सुब्बाको कबड्डी फिल्म्सले सहकार्य गर्नेछ। यसअघि अलग भएका रामबाबु गुरुङ र सुब्बाले फेरि एकसाथ काम गर्न लागेका हुन्।

‘कबड्डी ४’ ले बक्सअफिसमा झण्डै २५ करोड कमाउँदा ‘जारी’ ले १७ करोड बढी व्यापार गरेको थियो। जसकारण फिल्मक्षेत्रमा यी आगामी फिल्मलाई लिएर निकै अपेक्षा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad