कला


‘गाह्रो छ हो’ को दोस्रो सिजन ल्याउँदै भटभटे माइला

‘गाह्रो छ हो’ को दोस्रो सिजन ल्याउँदै भटभटे माइला

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १५:५४, काठमाडौँ

हास्य टेलिश्रृंखला ‘गाह्रो छ हो’ को दोस्रो सिजन आउने भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच प्रोमो सार्वजनिक गर्दैं दोस्रो सिजनको घोषणा गरिएको हो।

टेलिसिरियलका निर्देशक लेखक तथा मुख्य कलाकार बेगम नेपाली ‘भटभटे माइला’ ले दर्शकहरुको चाहनाअनुसार दोस्रो सिजन ल्याउने बताए। उनको अनुसार दोस्रो सिजनमा कलाकार हेरफेर समेत गरिनेछ।

यस सिजनमा बेगमसहित विनोद राई, रेशम बुढाथोकी, कुलबहादुर अधिकारी, दीया जिसी, आशा विश्वकर्मा, देवकुमार महर्जन, बेगम पुन मगर, सुदर्शन खतिवडा, सञ्जीव तामाङ, मोहन लामा छन्। पहिलो सिजनमा अशु थापा देखिने छैनन्।

कलाकार बेगम हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ बाट चर्चामा आएका हुन्। सिरियलभित्रको उनको ‘भटभटे माइला’ को पात्रलाई निकै रुचाइएको थियो। त्यसपछि उनले ‘गाह्रो छ हो’ निर्माण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad