समाज


अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको घोषणा

अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको घोषणा

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १६:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन्। सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने जानकारी दिए।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको जिकिर गरे। ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नु पर्दछ। रयस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ। यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ। देशबाहिर रोजगारीमा रहेका  २५/२६ लाख युवाहरु हुन सक्दछन्।’

उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जिकिर गरे।

कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा  सुरु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad