कला


नीताको फिल्म ‘ह्रस्व दीर्घ’ अस्ट्रेलिया र मध्यपूर्वका देशमा प्रदर्शन हुँदै

नीताको फिल्म ‘ह्रस्व दीर्घ’ अस्ट्रेलिया र मध्यपूर्वका देशमा प्रदर्शन हुँदै

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:५९, काठमाडौँ

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ फिल्म बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा रिलिज हुँदैछ। वितरण कम्पनी सेभेन सिजनका अनुसार यो फिल्म अस्ट्रेलियाका सबै सहरमा प्रदर्शन हुँदैछ। 

अस्ट्रेलियाको न्यु साउथ वेल्सका ७ हल, नर्दन टेरिटोरीमा १, क्विन्सल्यान्डमा २, साउथ अस्ट्रेलियामामा २, तास्मानियामा १, भिक्टोरियामा ७ र वेस्टर्न अस्ट्रेलियामा एक हलमा प्रदर्शन हुन लागेको हो। फिल्मले बिहीबार अस्ट्रेलियाभर ३५ शो पाएको छ। 

साथै यो फिल्म न्युजिल्याण्डमा पनि बिहीबारदेखि नै प्रदर्शन तयारीमा छ। 

अकल्याण्डको इभेन्ट मनुकाउ र इभेन्ट क्विन स्ट्रिट हलमा प्रदर्शन तयारीमा छ। यस फिल्मलाई नेप–फिल्म्सले मध्यपूर्वमा यूएईका १४ हल, कतारका ६ हल र बहराइनका ३ हलमा रिलिज गर्देछ। 

चन्द्र पन्त निर्देशित फिल्ममा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। 

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ।

यो फिल्मले नेपालमा राम्रो कमाइ गरिरहेको छ। यस फिल्मले ९ दिनमा ६ करोड ६९ लाख व्यापार गरेको निर्माण पक्षले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad