कला


फ्लप फिल्मका कारण अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन

फ्लप फिल्मका कारण अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १४:९, काठमाडौँ

बलिउड अभिनेता अभिषेक बच्चन स्टारर फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भइसकेको छ। अभिषेक हाल यस फिल्मको प्रचारप्रसारमा कलाकार व्यस्त छन्। 

यसैबीच, एक अन्तर्वार्तामा अभिषेकले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका छन्। तर, त्यतिबेला उनका बुवा अमिताभ बच्चनले उनलाई धैर्य गर्न र काम गरिरहन सल्लाह दिएका थिए। 

अमिताभको विश्वास थियो कि, अभिषेक भित्र एउटा राम्रो अभिनेता लुकेको छ, जुन सही समयमा देखाउन सकिन्छ।

यसबारेमा बोल्दै अभिषेकले भने, ‘मेरो फिल्म लगातार फ्लप हुँदै गयो र अचानक मेरो अभिनयको चर्को आलोचना हुन थाल्यो। त्यति मात्र होइन, म त्यतिबेलाका ठूला निर्देशकहरूसँग काम गरिरहेको थिएँ। मेरो मनमा आशा थियो कि उहाँहरूले मलाई केही सिकाउनुहुन्छ र मेरो गल्तीहरू सच्याउनुहुन्छ। तर, केहि परिवर्तन भएको थिएन।’

उनका अनुसार त्यतिबेला उनलाई आफू अभिनयका लागि बनेको जस्तो लागेन। किनकि जे गर्दा पनि राम्रो हुदैन्थ्यो। सबै प्रकारका फिल्ममेकरसँग काम गरिसके, तर केही भइरहेको थिएन। त्यसैले उनलाई लाग्योस् म यो क्षेत्रको लागि बनेको होइन, अब मैले अरू केही खोज्नुपर्छ।

त्यसपछि अभिषेकले बुवालाई आफू अभिनयबाट टाढा हुने बताए। तर, अमिताभले अभिषेकलाई सम्झाउँदै भने, ‘म तिम्रो बुवाको हैन बरु सिनियरको रुपमा बोल्दैछु। तिमी अझै पूर्ण रूपमा तयार अभिनेता हुन सकेका छैनौं। तिमीले धेरै कुरा सिक्नु पर्छ तर हरेक फिल्ममा तिम्रो सुधार देख्छु। तिमी भित्र एउटा राम्रो अभिनेता लुकेको छ। तिमी कत्तिको राम्रो बन्न सक्नुहुन्छ त्यो तिमीमा भर पर्छ। र, तिमीले कति मेहनत गर्न चाहन्छौं। तिमीले जुनसुकै फिल्ममा गर्दैं काम गरेर काम गर्दै जाउँ। मैले पनि यस्तै केही गरेको छु।’

त्यसपछि अभिषेकले बुवाको सल्लाह मानेर अघि मानेर अघि बढे।

‘बुवाको यो सल्लाहपछि मैले कहिल्यै केही सोचेकी थिइनँ। भूमिका सानो होस् या ठूलो फरक पर्दैन। आफूमा आत्मविश्वास नभएसम्म हरेक किसिमको भूमिका गरें। जबसम्म मैले बक्स अफिसमा सफलता हात पारेन र मानिसहरूले मलाई मुख्य अभिनेताको रूपमा हेर्न थाले,’उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad