कला


‘महाभोज’ निर्देशन गर्दै दिनेश राउत, दयाहाङदेखि अञ्जना बराइलीसम्म

‘महाभोज’ निर्देशन गर्दै  दिनेश राउत, दयाहाङदेखि अञ्जना बराइलीसम्म

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १६:२३, काठमाडौँ

दिनेश राउतको निर्देशनमा फिल्म ‘महाभोज’ बन्ने भएको छ। निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको  लाइनअप पनि सार्वजनिक गरेका छन्।

उनी निर्देशित पछिल्लो चलचित्र ‘पुजार सार्की’ हो। यो उनको आठौं निर्देशकिय फिल्म हुनेछ।

यस फिल्ममा  दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ।

यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन्। चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन्।

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन्।  

‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ,’ निर्देशक राउतले बताए।

विकास सुवेदीको स्क्रिप्ट रहेको फिल्म आगामी माघ १ गतेदेखि छायाङ्कन सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad