कला


यसवर्षको ‘बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ नीर शाहलाई प्रदान गरिने

यसवर्षको ‘बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ नीर शाहलाई प्रदान गरिने

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १६:३४, काठमाडौँ

कलाकार तथा गीतकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले शाहलाई पुरस्कार दिने घोषणा गरेको हो।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएबापत शाहलाई पुरस्कार दिने निर्णय गरिएको बताए।

‘ यसवर्षको पुरस्कार विगत पाँच दशकदेखि निरन्तर कलम चलाइरहनुभएका, आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीतहरू सिर्जना गरिसक्नुभएका गीतकार श्री नीर शाहलाई समर्पण गरिने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ,’उनले भने।

चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाहले वि। सं। २०३२ सालदेखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा गायन तथा संगीतमा चन्द्रराज शर्मा, सिके रसाइली, नारायणगोपाल, रनजीत गजमेर, शम्भुजीत बासकोटादेखि मनोहर पाण्डे, प्रकाश श्रेष्ठ, दीपक खरेल, अन्जु देवी, मीरा राणा, उदीत नारायण झा लगायतका संगीतकार एवम् गायकगायिकाहरू जोडिएका छन्। पर्खी बसे आउला भन्नी, बादल बनाइदेऊ, गहिराइमा डुब्दै नडुब लगायतका कालजयी गीतहरु उनले लेखेका हुन।

नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा प्रवासबाट समेत महत्त्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले वि। सं। २०६४ मा आफ्नी ममतामयी माता श्री बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका हुन्।

१६ औं संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ शाहलाई आगामी माघ १५ गते हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गरिनेछ। पुरस्कारको नगदराशी एक लाख रुपैयाँ रहेको छ।

यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ,प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी,शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा २०७२, कर्म योञ्जन, चेतन कार्की,  दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैसकेका छ्न्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad