कला


दयाहाङ र जितु अभिनीत फिल्म ‘कार्साङ’ को टिजर सार्वजनिक

दयाहाङ र जितु अभिनीत फिल्म ‘कार्साङ’ को टिजर सार्वजनिक

नेपालखबर
मंसिर १९, २०८१ बुधबार २१:०, काठमाडौँ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा दयाहाङलाई झाक्रीको भूमिकामा देख्न सकिन्छ।

गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा ल्याउने श्रीमान् श्रीमतीबीचको नोकझोक प्रस्तुत छ। गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ।

यम शेर्पाको डेव्यु निर्देशन रहेको यो फिल्म शेर्पा समुदायको संस्कृतिमा आधारित छ। यस फिल्मको कथा निर्देशक स्वयमले नै लेखेका छन्। यो फिल्म पुस २६ गतेबाट रिलिज हुँदैछ।

यस फिल्ममा दयाहाङसहित डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायतको अभिनय छ। सिनेमाको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन्।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयं हुन्। फिल्मको सहनिर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्। लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन्।

‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन्। नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad