कला


‘आरआरआर’ लाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म

‘आरआरआर’ लाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

बहुप्रतिक्षित भारतीय फिल्म ‘पुष्पा २ द रुल’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। भारतभर १७५.१ करोड भारतीय रुपैयाँ नेट कमाउँदै अल्लु अर्जुन स्टारर यो फिल्म सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ।
 
पहिलो दिनको बक्सअफिफ रिपोर्टअनुसार यस फिल्मले तेलुगु संस्करणमा ९५.१ करोड भारु कमाएको छ। त्यसैगरि, हिन्दीतर्फ ७७ करोड, तमिलमा ७ करोड, कन्नड १ करोड र मलयालमतर्फ ५ करोड भारु कमाएको छ। 

यस फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ लाई उछिनेर भारतीय सिनेमाको लागि सबैभन्दा ठूलो ओपनर बनेको छ। ‘आरआरआर’ ले ओपनिङ डेमा १३३ करोड भारु कमाएको थियो। 

सुकुमार निर्देशित यो फिल्मले यशराजको ‘केजीएफ २’ देखि प्रभासको ‘कल्कि २८९८ एडी’ र शाहरुख खानको ‘जवान’ लगायतको फिल्मलाई समेत पछि पारेको छ। विश्वभर पनि यस फिल्मले २५० करोड भारु बढीको आकंडा पार गरेको छ। 

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा द राइज’ निकै सफल भएको थियो। जसकारण पनि दोस्रो सिक्वेलमा दर्शकहरुको क्रेज व्यापक देखिएको छ। 

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad