कला


रोकिएन ‘पुष्पा २’ व्यापारको रफ्तार, दसौँ दिन हिन्दी भर्सनमा रच्यो इतिहास

रोकिएन ‘पुष्पा २’ व्यापारको रफ्तार, दसौँ दिन हिन्दी भर्सनमा रच्यो इतिहास

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १३:७, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को दबदबा साउथ उद्योगसहित बलिउडमा पनि देखिएको छ।

यो फिल्मले बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म ‘जवान’ को कीर्तिमान पनि तोडेको छ।

‘पुष्पा २’ दोस्रो शनिबार सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। कुनै पनि ब्लकबस्टर फिल्मको विस्फोट पहिलो सप्ताहन्तमा अधिकतम हुन्छ।

दोस्रो विकेन्डमा ठूला चलचित्रहरू पनि कमजोर हुन्छन्, चाहे त्यो जवान होस् वा सैतान। धेरैजसो चलचित्रले दोस्रो साता वा सप्ताहन्तमा २० वा २५ करोडको कलेक्सन गरेर टुंगोमा पुग्छन्।

तर, ‘पुष्पा २’ ले इतिहास रचेको छ। डिसेम्बर ५ मा रिलिज भएको यस फिल्मले पहिलो दिन १७५ करोडको ओपनिङ गरेको थियो।

तेलुगुपछि सबैभन्दा बढी कमाइ हिन्दी बेल्ट (७० करोड भारु) मा भएको थियो। बिस्तारै पुष्पाको कमाइ तेलुगु, कन्नड, मलयालम र तमिलमा कम हुन थाल्यो। तर, हिन्दीमा क्रेज भने कम भएन। दोस्रो शनिबार पुष्पा २ ले नयाँ कीर्तिमान बनाएको छ।

सकनिल्कका अनुसार यो फिल्मले दोस्रो शनिबार अर्थात् १० औं दिन करिब ४६ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। फिल्मले १औँ दिनमै हिन्दी भर्सनमा ४९८ करोड भारुको कमाइ गरेको छ।

सबै भाषामा घरेलु बक्स अफिसमा यस फिल्मको व्यापार ८२४ करोडभन्दा माथि पुगेको बताइएको छ। विश्वव्यापी संकलनको कुरा गर्दा यसले १० दिनमा १२०० करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ।

फिल्मको कमाइको गति हेर्दा दोस्रो आइतबार भारतमा मात्र नभई विदेशमा पनि ठूलो कमाइ गर्न सक्ने देखिन्छ।

सुकुमार निर्देशित यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad