कला


एक-एक करोड पुरस्कारसहित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको घोषणा

एक-एक करोड पुरस्कारसहित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको घोषणा

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १३:११, काठमाडौँ

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको घोषणा गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच प्रतियोगिताको निर्णायक मण्डलसहित कार्यक्रम प्रस्तोताको घोषणा गरिएको हो। 

‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकको रुपमा  गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधान रहनेछन्। 

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकको रुपमा मिथिला शर्मा, दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र शिल्पा मास्के रहेका छन्। 

यस्तै, कार्यक्रम सञ्चालकको रुपमा नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छिन्। 

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’ लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी गराइयो। 

आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न प्रतियोगिताको आयोजना गरिएको बताए। 

उनले भने,‘हामीले यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतीलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ।’ 

यो प्रतियोगितामा नेपालकै सर्वाधिक धनराशिको पुरस्कार रहेको आयोजकटिमको दाबी छ। अधिकारीले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्ने सुनाए। 

नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ।

अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ। 

यस्तै, मार्च १ र २ मा भारतको मुम्बई  नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad