कला


सुशील स्टारर फिल्म ‘आउट लः दफा २१९’ फागुन २९ बाट रिलिज हुने

सुशील स्टारर फिल्म ‘आउट लः दफा २१९’ फागुन २९ बाट रिलिज हुने

नेपालखबर
पुस ७, २०८१ आइतबार १२:८, काठमाडौँ

सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट लः दफा २१९’ को नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी फागुन २९ गते होलीको अवसरमा रिलिज हुनेछ।

निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो। पोस्टरमा मुख्य कलाकार सुशीललाई स्थान दिइएको छ। उनको एक्सन अवतारले दर्शकको ध्यान खिच्छ। 

यसअघि यो फिल्म असोजको ३ गतेबाट रिलिज हुने भनिएको थियो। यद्धपी, निर्धारित समयमा रिलिज हुन सकेन। 

अमित अग्रहरीको निर्माणमा तयार भएको यस फिल्ममा विक्की महर्जनको निर्देशन रहेको छ। विक्की महर्जनकै लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ। 

चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन्। यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad