कला


गोल्डेन नेपाली फिल्म अवार्डमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट, अभिनयमा अनमोल र आँचल

गोल्डेन नेपाली फिल्म अवार्डमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट, अभिनयमा अनमोल र आँचल

नेपालखबर
पुस ७, २०८१ आइतबार २२:४, काठमाडौँ

गोल्डेन नेपाली फिल्म अवार्डको पहिलो संस्करणमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट फिल्म बनेको छ। अमेरिकाको क्यालिफोर्नियामा आइतबार बिहान भएको अवार्ड समारोहमा ’पुजार सार्की’ उत्कृष्ट नेपाली फिल्म घोषित भएको हो। सोही फिल्मबाट दिनेश राउतले पनि उत्कृष्ट निर्देशकको अवार्ड पाए।

अनमोल केसी फिल्म ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट अभिनेता बन्दा ‘डिग्री माइला’ बाट आँचल शर्माले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन। त्यसैगरी, प्रदीप खड्का पपुलर अभिनेता घोषित हुँदा केकी अघिकारी पपुलर अभिनेत्रीको अवार्ड हात पारिन्।


समीक्षा अधिकारी ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिन मैले’ बाट उत्कृष्ट गायिका घोषित भइन। ‘नाङ्गो गाउँ’ बाट एसडि योगी सर्वोत्कृष्ट गायकको अवार्ड जिते। यसै फिल्मबाट

दीपेन्द्र लामा उत्कृष्ट लेखक बने।


०८० साउन ०१ देखि ०८१ साल असार मसान्तभित्र रिलिज भएका अनि आयोजकलाई उपलब्ध गराइएका फिल्महरुबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको हो।पहिलो संस्करणमा वरिष्ठ अभिनेता  शिव श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो।

यस्तो छ विजेताहरूको सुची

लाइफ टाइम एचिभ्मेन्ट- शिव श्रेष्ठ

सर्वोत्कृष्ट अभिनेता- अनमोल केसी (फर्की फर्की)

सर्वोत्कृष्ट अभिनेत्री- आँचल शर्मा (डिग्री माइला)

पपुलर अभिनेता- प्रदीप खड्का

पपुलर अभिनेत्री- केकी अघिकारी

सर्वोत्कृष्ट फिल्म- पुजार सार्की

सर्वोत्कृष्ट निर्देशक-दिनेश राउत

सर्वोत्कृष्ट लेखन- दीपेन्द्र लामा (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट छायांकन-आलोक शुक्ला (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट सम्पादन-मित्र गुरुङ (उपहार)

सर्वोत्कृष्ट सहअभिनेता-प्रमोद अग्रहरी (अगस्त्य)

सर्वोत्कृष्ट सहअभिनेत्री- वर्षा शिवाकोटी (परदेशी २)

सर्वोत्कृष्ट संगीतकार-प्रकाश सपुत (बोक्सीको घर)

सर्वोत्कृष्ट गायक-एसडि योगी (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट गायिका-समीक्षा अधिकारी (बोक्सीको घर)

जुरी अवार्ड-बोक्सीको घर

कृटिक्स अवार्ड- गाउँ आएको बाटो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad