दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’को गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक गीतमा एसडी योगी र सदिक्षा कट्टेलको स्वर छ।
राम अविरल विष्टको शब्द रहेको गीतमा गायक योगीकै संगीत छ। त्यसैगरी गीत एरेन्ज रिकेश गुरुङले गरेका हुन्।
गीतको भिडिओमा मुख्य कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन्। उनीहरूको मायाप्रेमलाई भिडिओमा प्रस्तुत गरिएको छ।
भिडिओमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
यस फिल्ममा पल र दीपिकासहित सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, समिम खान, लक्ष्मी गिरी, राजाराम पौडेललगायतले अभिनय गरेका छन्।
यस फिल्मको कथा निर्देशक भट्टराईले नै लेखेका हुन्। यो फिल्म आगामी फागुन १४ गते महाशिवरात्रीका दिन रिलिज हुँदै छ।
भिडिओ-
54
Shares

प्रतिक्रिया